सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार पनि नेप्से परिसूचक घटेको छ।आज नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ४१ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २१ करोड रूपैयाँ कमी आएको हो।आज ३०३ वटा धितोपत्रको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको हो।