सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको हो ।जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिए ।
उनले अब लामिछानेसँग लिखित बयान हुने जानकारी दिए ।