सुनाखरी न्युज/ काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले एक सय चार रनको झिनो लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रन बनाएको हो ।
काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेक गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए । लुम्बिनी अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस