सुनाखरी न्युज/ काठमाडौं ।
लगातार एक साता घटेर १०६ अंक गुमाएको नेप्सेले एकैदिन ४५ अंक जोडेको छ।गत साताको बुधबारदेखि नेप्से पसिसूचक निरन्तर घटेको थियो।आज नेप्से १.७१ प्रतिशत बढेर २७१५.७१ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ४१ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब पाँच करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ वृद्धि भएको हो।आज ३०८ वटा धितोपत्रको एक करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच भएको हो।