२०८१ पुष २७ , शनिवार

कमलादीमा भासिएको सडक आयो सञ्चालनमा,सचिवले रिबन काटेर गरे उद्घाटन

Capture

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौंको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत गरिएको छ।मर्मत गरिएको सडकमा बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको छ।

इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मत गरी सडक विभागले सञ्चालनमा ल्याएको हो।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरेका हुन्।टुकुचामाथिको कल्भर्ट गत साउन २३ गते भत्किएको थियो।

जरूरी महत्वको स्थानमा भासिएको सडक र कल्भर्ट विभागले तीव्रताका साथ मर्मत गरेको महानिर्देशक रामहरि पोखरेलको दाबी छ।सडक डिभिजन कार्यालय काठमाडौंले असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कल्भर्ट निर्माणका लागि डिजी प्रकाश कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो।