२०८१ मंसिर २७ , बिहिवार

फिल्म ‘ह्रस्व दीर्घ’को स्याटेलाइट र ओटीटी राइट भारतको जी-नेटवर्कले किन्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं।

गत कात्तिक ३० गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म (टिभी) राइट्स भारतीय कम्पनी जी–नेटवर्कले किनेको छ । बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी–नेटवर्कका अधिकारीले दुईवटा राइट्स खरिद सम्झौता गरेका हुन् ।

जी–नेटवर्कले फिल्मको राइट्स किनेको निता र हरिहरले फेसबुकमार्फत जानकारी दिएका छन्जी–नेटवर्कले फिल्मको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । जी–नेटवर्क भारतको ठुलो मिडिया समूह हो ।

विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको यो कम्पनीको ओटीटी प्लाटफर्म भने ‘जी फाइभ’ हो । जी–नेटवर्क अन्तर्गतका टेलिभिजन र ‘जी फाइभ’ ओटीटी प्लाटफर्ममा रिलिज हुने ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली फिल्म हुनेछ ।