सुनाखरी न्युज/ काठमाडौं।
बुधबार बैंकिङ समूहले बढाएको सेयर बजारको वृद्धि एकदिन पनि टिक्न सकेन।बुधबार ४५ अंक बढेको नेप्से परिसूचक दोस्रो दिनमै ३३.४२ अंकले घटेको छ।बिहीबार नेप्से १.२३ प्रतिशत घटेर नेप्से २६८२.२९ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।गत कारोबार दिन अर्थात् बुधबार पाँच अर्ब पाँच करोडको सेयर कारोबार भएकोमा बिहीबार ६ अर्ब १४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५९ करोड रूपैयाँ वृद्धि भएको हो।आज ३०४ वटा धितोपत्रको एक करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच भएको हो।बिहीबार ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ वटाको घटेको छ।