सुनाखरी न्युज/ काठमाडौं ।
इलेक्ट्रिक गाडी कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर सि१० पोखरामा सार्वजनिक गरिएको छ । प्रिमियम सेगमेन्टको विद्युतीय गाडी पोखरा तथा आसपासका ग्राहकलाई उपब्ध गराउने गरी पोखराको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स कम्पनी प्रा।लिले सि१० लाई पोखरामा गाडी भित्र्याएको कम्पनीले जनाएको छ ।
पोखरास्थित होटल पोखरा ग्राण्डमा एक कार्यक्रमबीच बुधार गाडी सार्वजनिक गरिएको छ । सो अवसरमा पाँच जना ग्राहकलाई लीपमोटर सि१० गाडीको चावी हस्तान्तरण गरिएको छ ।हाल अमरसिंहचोक पोखरामा रहेको एस.एस.एल. मोटर्स कम्पनीले छिट्टै लीपमोटर र सीट्रोनको नयाँ सोरुम चाउथेमा सुरुवात गर्ने तयारी गरेको कम्पनीको भनाइ छ ।
लीपमोटरले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री र सुविधायुक्त गाडी बजारमा ल्याएको छ । प्रिमियम सेगमेन्टमा राम्रो गाडी रोज्ने ग्राहकका लागि यो गाडी उपयुक्त हुने कम्पनीले विश्वास लिएको छ।