२०८१ पुष ७ , आइतवार

काठमान्डुलाई  पोखराले दियो १३९ रनको लक्ष्य

npl-7

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजलाई पोखरा एभेन्जर्सले  १३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोडेका थिए । तर, त्यही ओभरको अन्तिम बलमा आउट भए ।

यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए ।