२०८१ पुष ८ , सोमवार

सिंहको शवलाई शव यात्रासहित कांग्रेस पार्टी कार्यालय लगियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ ।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय लगिएको हो ।

सिंहको सोमबार बिहान निधन भएको थियो । उनको सम्मानमा आज काठमाडौँ महानगरपालिकामा शोक बिदासमेत दिइएको छ ।