२०८१ पुष ७ , आइतवार

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।नेप्से ५१.३७ अंकले घटेर नेप्से २६३०.९१ विन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।गत कारोबार दिन अर्थात् बिहीबार ६ अर्ब १४ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ९३ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २१ करोड रूपैयाँ कमी आएको हो।आज ३०४ वटा धितोपत्रको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच भएको हो।सोमबार १५ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।