२०८१ पुष ७ , आइतवार

पौष-१ गते अर्थात महेन्द्रले निरंकुशता लादेको कालो दिन

Kiran Giri 450300

किरण गिरी-

पुस १ गते, २०१७ साल आजैको दिन पहिलो जननिर्वाचित संसद तथा बीपी कोईराला नेतृत्वको सरकार भङ्ग, नेपाली काँग्रेसको दुईतिहाई बहुमतयुक्त संख्याबलको संसद विघटन र नेता तथा जनप्रतिनिधिहरूलाई बिनाकसुर जेल हालेर राजा महेन्द्रले सम्पूर्ण सत्ता आफैंले हत्याएको कालो दिन ।

नेपाली काँग्रेसलाई तहसनहस पार्ने राज्य–अपराधमात्र भएन, यसलाई ‘अराष्ट्रिय तत्व’ भनेर बदनाम गरियो । राजा महेन्द्रको मृत्युपर्यन्त र उनी नेतृत्वको पञ्चायतले काँग्रेसलाई ‘अराष्ट्रिय तत्व’ भनिरहे । बदनामीको यस अभियानको विरुद्धमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल र पहिलो कम्युनिस्ट प्रधानमन्त्री ९वि।स। २०५१–५२० मनमोहन अधिकारीको समुहमात्र काँग्रेससँग संयुक्त प्रजातान्त्रिक आन्दोलन चलाउने पक्षमा खडा हुँदा प्रतिबन्धित काँग्रेसलाई दस्तावेजहरूमै ‘मूख्य दुश्मन’ घोषणा गरेका ‘चियाङ् चिङ् मार्का’ उग्रवादी कम्युनिस्टहरूले राजा महेन्द्र र पञ्चमण्डलीसँग ‘हाँमाहाँ’ मिलाउँदै पुष्पलाललाई ‘काँग्रेसको पुच्छर’, ‘गद्दार पुष्पलाल’ जस्ता गालीगलौज घन्काएका थिए ।

त्यसमाथि ०१७ सालपछि नै काँग्रेसका लोकप्रिय, होनहार तथा प्रभावशाली नेताहरूलाई छानीछानी मार्ने षड्यन्त्र बारम्बार भइरह्योस योगेन्द्रमान शेरचन, सरोज कोइराला, दीवानसिंह राई, तेजबहादुर अमात्य आदि पर्नुभयो । सिक्किमबाट नेपाल आई झापामा बसोबास गरेको ९पत्रकारितातिर पनि लागेको० एउटा युवालार्ई तत्कालीन अञ्चलाधीशले रिभोल्बर दिएर निर्वासित बीपीको हत्या गर्न बनारस पठाएको थियो । तर यो षड्यन्त्रको पर्दाफास भएपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेपछि उक्त युवकलाई बीपीले नै क्षमाशीलताका साथ रिहा गरिदिन आग्रह गर्नुभयो र त्यो युवालाई नेपाल फर्काइयो ।

२०३६ सालमा जनमत संग्रहको सिलसिलामा स्याङ्जा पुग्नुभएका बीपीलाई मार्ने अर्को असफल प्रयास भयो । उहाँलाई हानिएको गोली लम्जुङ्का काँग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बीपीलाई बचाउँदा तारापतिजीका घुँडामा लागेर घाइते भई उहाँ जीवनभर खुट्टा खोच्याएर हिंड्न बाध्य हुनुभयो ।
०३३ सालमा निर्वासनबाट स्वदेश फर्केपछि यस्ता हत्या(प्रयास र फाँसीको मागका वीच बीपीले आफूमाथि लागेका सबै मुद्दालाई डटेर सामना गर्नुभयो। यस क्रममा उहाँले विशेष अदालतमा दिनुभएको सातघन्टा लामो बयान आज पनि अनुपम उदाहरणको दस्तावेज भइरहेको छ ।
माथि प्रस्तुत उहाँको भनाई विशेष अदालतमा उहाँले दिएको उक्त बयानबाट लिईएको हो । त्यसको पूरा रुप, “।।।।राज्यको सर्वप्रथम मौलिक उद्देश्य न्याय स्थापना होस न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छस त्यसपछि आदर्शविहिन राज्यको एकएक गरेर संस्थाहरू र विभागहरू भ्रष्ट हुँदैजान्छन् । पल्टन राष्ट्रको सुरक्षा गर्ने आदर्शबाट च्युत भएर जनताका उपरको आतङ्कको र राजनीतिक विरोधीहरूका बिरुद्ध प्रयोग हुने एउटा यन्त्र हुनपुग्छ र पुलिस दमनको साधन र निजामति सेवा भरौटेहरूको क्लब । यस स्थितिमा यदि कोई इमान्दार नागरिकले आफ्नो जिम्मेवारीलाई बुझेर केही गर्न खोज्यो भने त्यस्ले दोषको भागी हुनु पर्दछ ।”

भारतको बनारसस्थित विश्वनाथ मन्दीरको तीर्थस्थलमा जन्मिएका हुनाले औपचारिक नाम विश्वेश्वरप्रसाद राखियो । राजनीतिमा बीपी कोइराला ९बि।सं।१९७१ भदौ २४–२०३९ साउन ६०, साहित्यमा विश्वेश्वरप्रसाद कोइराला र जन्म ९चिना० को नाम ‘चूडामणि’, समकालीन कार्यकर्ताका ‘सान्दाजु’ १ ‘राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी’ भन्नुहुने यी राजनेताले उपन्यास, कथा, निवन्ध र फूटकर रचनाका पुस्तकाकार गरी करिब डेढदर्जन कृतिहरू लेख्नुभएको छ ।

एउटै पिताका तीन छोरा मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । प्रजातन्त्रको पुनःस्थापना भएपछि उहाँका नाममा धरानमा स्वास्थ्यविज्ञान प्रतिष्ठान, भरतपुर ९चितवन० मा क्यान्सर अस्पताल, बनेपा–सिन्धुली–वर्दिबास राजमार्गका नामाकरण गरिएको छ । २०४९ सालदेखि बीपी कोइराला नेपाल–भारत फाउण्डेशन पनि दुई देशको सम्झौताअनुसार स्थापित र क्रियाशील छ । देशभरि अन्य साना संघसंस्थाहरू र शालिकहरू अनगिन्ती स्थापित छन् । भारतको पटनामा उहाँको पूर्ण कदको शालिक र एउटा सडकको नाम ‘बीपी राजमार्ग’ राखिएको छ ।

आज पनि हामी नेपाली काँग्रेसका नेता कार्यकर्ता लोकतन्त्र र नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्र प्रति दृढ र प्रतिबद्ध हुदै समुन्नत नेपाल र सम्मानित नेपाली को आ आफ्नो क्षेत्र बाट सक्रिय रहनु जरुरी छ ।