२०८१ पुष ७ , आइतवार

रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो

rabi-lamichhane_

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका उहाँलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

उहाँलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।  रासस