२०८१ पुष ८ , सोमवार

नेपाल-चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालबाट राँगा र भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ।काठमाडौंमा सोमबार भएको कार्यक्रममा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच उक्त सम्झौता भएको हो।

सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने बताए।‘नेपालमा राँगा, भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने उनले बताए।

चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उनले बताए।