२०८१ पुष ७ , आइतवार

देशभरका सुनचाँदी ब्यवसायीले कच्चा सुन पाउने वाटो खुल्यो, फिफारिसको जिम्मा नेपाल सुनचाँदी ब्यवसायी महासंघलाई नै

gold-1-1024×777

सुनाखरी न्युज/ काठमाडौं ।
देशभरका सुनचाँदी ब्यवसायीहरुले अव कच्चा सुन प्राप्त गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप नेपाल बैंकर्ष संघको समन्वयमा ‘क’ वर्गका वाणिज्य बैकहरुले पुर्ववत् ब्यवस्था अनुरुप कच्चा सुन आयात तथा वितरण गर्ने भएका हुन् ।

यो निर्णय सँगै विगत केही दिनदेखि अवरुद्ध बनेको सुन आयात तथा वितरण सम्वन्धी ब्यवस्था पुनः सुनचारु हुने भएको
छ । यो निर्णण सँगै ब्यवासयीका साथ साथै आम उपभोक्तालाई समेत राहत मिल्ने छ ।

 

नेपाल राष्ट्र बैंकको एक उच्च स्रोतले दिएको जानकारी अनुसार नेपाल सुनचाँदी ब्यवसायी महासंघले आफ्नो स्थापना काल देख िनै निरन्तर गर्दै आएको कार्य अव पनि सोही अनुरुप गर्ने गरी बैंकषर्न संघलाई परिपत्र भैसकेको छ ।

राष्ट्र बैंकको लिखित परिपत्र अनुरुप पुर्ववत् ब्यवस्था अनुरुप नै सुन आयात तथा विक्री वितरण हुनेगरी आवश्यक प्रकया शुरु भैकसकेको नेपाल बैंकषं संघका एक अधिकारीले सुनाखरीलाई बताए । उनका अनुसार वागमित अञ्चल भित्र र वाहिरका जिल्लाका लागि समेत सुन आयतको प्रकृया शुरु भैसकेको छ ।

 

विभिन्न कारण वस यसअघि केही समय यता सुन आयात तथा वितरण प्रकृया अवरुप वनेको थियो । जुन प्रकृया आजौट शुरु हुने महासंघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको लिखित निदैशन अनुरुप आजै देखि लागु हुनेगरी नेपाल बैंकर्ष संघको पहलमा तोकिएका बाणिज्य बैंहरुले सुन आयात तथा वितरण कार्य शुचार गर्ने जानकारी प्राप्त भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताउनुभयो । उहाँका अनुसार सोही निर्णइ अनुरुप बैंहरुले काठमाडौं उपत्यका र उपत्यका वाहिरका जिललका लागि समेत वितरणका लागि सुन आयात प्रकृया मंगलबार वाट नै शुरु गरिकसेका छन् ।