२०८१ पुष २६ , शुक्रवार

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध, अन्य पदमा को को ?

nba

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल बैंकर्स संघको अध्क्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला निर्विरोध भएका छन् ।

अध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दिएका थिए, जसमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनको नाम सामेल थियो। यी दुई उम्मेदवारको बीचमा सोमबार छलफल भएसँगै सहमति जुटेको हो।

नेपाल बैंकर संघका पूर्वअध्यक्ष अशोक राणा, ज्ञानेन्द्र ढुंगाना, वर्तमान अध्यक्ष सुनिल केसी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीचको छलफलमा प्रभु बैंकका सीईओ अशोक शेरचन उम्मेदवारी फिर्ता लिन तयार भएका छन्। यससँगै, सन्तोष कोइराला आगामी अध्यक्ष चयन हुने पक्का भएको छ।

संघको विधानअनुसार, अध्यक्ष चयन निर्वाचन प्रक्रियाबाट हुने भए पनि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने परिपाटी रहेको थियो। यस कारण, सन्तोष कोइराला भावी अध्यक्ष हुने तयारीमा थिए। यद्यपि, शेरचनले पनि उम्मेदवारी दर्ता गर्दा निर्वाचन प्रक्रियामा जाँदा विवाद उत्पन्न भएको थियो। पूर्वअध्यक्षहरूको प्रस्तावमा शेरचन सहमत हुँदा उनले उम्मेदवारी फिर्ता लिएका छन्।

आगामी पुस ३ गते संघको ३८ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ। संघको विधानले उम्मेद्ववारी दिन नरोकेपछि विगत १३ वर्षयता निवार्चन प्रकृयाबाट अध्यक्ष चयन भएको छैन। संघको भावी अध्यक्ष उपाध्यक्ष नै सर्वसम्मत मनोनयन हुँदै आएको छ।