सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बुधबार सुन–चाँदीको मूल्य घटेको छ।मंगलबार प्रतितोला दुई सय रूपैयाँ बढेको भाउ प्रतितोला सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।