२०८१ पुष २६ , शुक्रवार

मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प

earthquake

सुनाखरी न्युज/ काठमाडौं ।

मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार बिहीबार बिहान ७ बजे ३७ मिनेट जाँदा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गएको थियो।

बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युड र मंगलबार साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मनाङ र हिजो तथा अस्ती बझाङमा गएका भूकम्प ०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएका भूकम्पको परकम्प होइनन्। यी तीनवटै भूकम्प नयाँ हुन्। रासस