सुनाखरी न्युज/ काठमाडौं ।
बिहीबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।नेप्से ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २७ करोडको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ७६ करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४९ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१० वटा धितोपत्रको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भएको हो।बिहीबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।