सुनाखरी न्युज/ काठमाडौं ।
कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले मिति २०८१ साल पौष ४ गते बिहिवार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोवार तथ्याङ्क अनुसार नेपालमा सञ्चालनमा रहेका धितोपत्र कारोवार गर्ने दलालहरु मध्ये कारोवार रकमको आधारमा प्रथम पटक एक नम्बरमा रहेको छ ।
उक्त दिनमा ब्रोकरले रु. ४५ करोड ९ लाख भन्दा बढी रकमको कारोवार गरेको कम्पनीका अध्यक्ष प्रदिप के.सी.ले बताए ।नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो ।
कम्पनीले हाल काठमाण्डौ मनपा १०, बुद्धनगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।