२०८१ पुष ७ , आइतवार

विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जनालाई खुल्यो रोजगारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ जना र विभिन्न समूहका ५ तह (सहायकस्तर)मा ८८८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ ।

सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ ।दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ ।अधिकृतस्तरमा प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृतदेखि जियोलोजिस्टसम्म १९५ जनाका लागि दरखास्त आह्वान भएको छ।सहायकस्तरमा मिटररिडिङ सुपरभाइजरका लागि ४१ जना र ३४ जना लेखापाल मागिएको छ।

इलेक्ट्रिकल सुपरभाइजरका लागि ७४० जनाका लागि दरखास्त आह्वान गरिएको छ। जसमध्ये कोशी प्रदेशा १४० जना, मधेसमा ९५, बागमता १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना मागेको छ।त्यस्तै १९ जना मेकानिकल सुपरभाइजर २ जना सर्भे सुपरभाइजर र एकजना सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर मागिएको छ।

कुनकुन पदमा खुल्यो आवेदन?2024-12-20-12-02-36-2081-09-05-11-1734677374.jpg