२०८१ पुष ५ , शुक्रवार

शिव शंकर हाईड्रोको आईपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडको सर्वसाधारणका लागि जारी गरिने रु.१००/- अंकित दरका २५,००,००० कित्ताले हुन आउने रु.२५,००,००,०००/- रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा. लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरु मध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक शेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब ५ करोड पुग्ने बताइएको छ।