सुनाखरी न्युज/ रौतहट ।
चन्द्रपुर सुनचाँदी ब्यवसायी संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शुक्रबार रौतहटको चन्न्द्रपुरमा सम्पन्न भएको छ । सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको प्रमूख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा अध्यक्ष रसाइलीले सुनचाँदी ब्यवसायमा विभिन्न समस्या रहेको भन्दै त्यसको निराकरणका लागि महासंघले काम गरिरहेको बताउनुभयो । ब्यवसायीका लागि ग्राहक सवैभन्दा महत्वपूर्ण हुने भएकोले ग्राहकको मन जितेर काम गर्न पर्ने आवश्यकता उहाँले औंल्याउँदै यसका लागि सवै ब्यवसायीलाई आग्रह गर्नुभयो ।
सुनचाँदी ब्यवसायमा नयाँ नयाँ र आधुनिक किसिमका गरगहना वनाउनु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै त्यसतर्फलाग्न पनि ब्यवसायीलाई सुझाव दिनुभयो । उहाँले भन्नु भयो ‘समय वदलियको छ, आधुनिकताको जमाना आएको छ । ब्यवसायी पनि त्यस तर्फ ढल्कँदै जानु पर्दछ, उहाँले भन्नुभयो ।’ सुनचाँदी विलासिताको वस्तु नभएर सम्पत्ति भएको उल्लेख गर्दैै उहाँले सुनचाँदीको कारोबार गर्दा बैंक मार्फत मात्र गर्न ब्यवसायीलाई आग्रह गर्नुभयो ।
त्यसक्रममा कार्यक्रमका बिशिष्ट अतिथि एवं रौतहट क्षेत्र नं ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराईले ब्यवसायीको समस्या समाधानका लागि आफू सदैव तयार रहेको बताउनुभयो ।
यसैगरी नेपाल सुनचाँदी ब्यवसायी महासंघका मधेस प्रदेश सभापति रामजी साहले ब्यवसायी दोहोरो मारमा परेको उल्लेख गर्दै त्यसको समाधान गर्नुपर्ने र सुनचाँदीको ओसार पसार प्रकृयमा देखिएको समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसक्रममा महासघका पदाधिकारी सदस्य प्रकास गहतराज, केन्द्रिय सदस्य ऋतु सेन्चुरी, नेपाल पत्रकार महासंघ रौटहटका ननविर्वाचित अध्यक्ष सञ्जयकुमार कार्की लगायत विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिको सम्मान समेत त्यस अवसरमा गरिएको संघका संरक्षक समेत रहनु भएका महासंघका पदाधिकारी सदस्य प्रकाश गहतराजले जानकारी दिनुभयो । कार्यक्रम संघका अध्यक्ष प्रल्हाद रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो ।