सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले आउदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १००% क्यासब्याक अफर सार्वजनिक गरेको छ।
पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने कम्पनीले जनाएको छ।अफर अन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १००५ क्यासब्याक जित्ने मौका पाउनेछन्।
अफर अन्तराल भरी हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मुल्यको १००% क्यासब्याक जित्ने मौका रहेको छ। विजेताहरु दैनिक लक्की ड्र मार्फत छानीने कम्पनीले जनाएको छ।