२०८१ पुष ७ , आइतवार

क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ । आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको बताए ।

भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश गायक–गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गईरहेको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगिहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।

यसै समारोहका बिच युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीतले भने– क्लोजअपसधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।

भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै भन्छन् – यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ ।यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरु उजागर गर्नेछ ।यसैगरी क्लोजअपले यस अगाडी पनि आत्मविश्वास बढाउने खालका थुप्रै कार्यक्रममा आफ्नो सशक्त उपस्थिती राख्दै आएको छ ।