२०८१ पुष ८ , सोमवार

आज देखि कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै

Rabi Pokhara

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदै छ ।

यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको थियो ।

 

बयान सकिएपछि आरोपितहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ (थुनछेक बहस) हुन्छ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।

सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर त्यसक्रममा आरोपको गम्भिरता, प्रमाणको सान्दर्भिकता एवं आरोपित थुनाबाट बाहिरिएमा उसले मुद्दामा पार्नसक्ने प्रभाव लगायतका आधारमा न्यायाधीशहरूले उपयुक्त आदेश गर्छन् ।