सुनाखरी न्युज/ काठमाडौं ।
भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । सोमबार बिहान फिकाधारा स्थित साढे ३ तले घरमा दुई जना मृत भेटिएका हुन् ।
मृत फेला पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रवीण आचार्य छन् ।
४ वर्षदेखि सो घरमा डेरामा बस्दै आएका बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।उनीहरूमाथि हतियार प्रहार गरेको देखिएको डीएसपी नेउपानेले जानकारी दिए ।