२०८१ पुष २६ , शुक्रवार

लामिछानेलाई सांसदबाट निलम्बन नगर्न रास्वपाका सांसदहरूले गरे सभामुखको ध्यानाकर्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रास्वपाका सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू सोबिता गौतम र गणेश पराजुलीले सोमबार दिउँसो सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेविरूद्ध कास्की अदालतमा मुद्दा परेको भन्दै सांसदबाट निलम्बन गर्न कास्की प्रहरीले पठाएको पत्रबारे ध्यानाकर्षण गराएका हुन्।

सभामुखसँगको भेटमा रास्वपाका सांसदहरूले प्रतिनिधि सभा नियमावलीबारे पनि ध्यानाकर्षण गराएका थिए। ‘जसरी पत्र आएको छ, त्यो आधारमा निलम्बन गर्न मिल्दैन। प्रतिनिधि सभा नियमावली २०७९ मा जुन व्यवस्था छ। त्यो व्यवस्थालाई याद गर्नपर्‍यो।

।सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको थियो।मुद्दा दर्तापछि कास्की प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न आइतबार नै संघीय संसद सचिवालयमा पत्र पठाएको थियो।सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि स्वतः सांसद पद निलम्बन हुने व्यवस्था छ।