सुनाखरी न्युज/ काठमाडौं ।
म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, IOM Thailand तथा अन्य गैर सरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर 2024मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर 2024मा १ जना महिलालाई नेपाल फर्काइएको छ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नजान बैंककस्थित राजदूतावासले सबैलाई अनुरोध समेत गरेको छ ।
साथै, आमसंचार तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन नेपाली राजदूतावास बैंककले अनुरोध गरेको छ ।