सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ।नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको निगमले जनाएको छ।
‘इन्जिन अर्डर गरे पनि आइपुग्न समय लाग्ने भएकाले हालका लागि उडान ठप्प भएको हो,’ उनले भने, ‘त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ। ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता भएको छ।’
अब नयाँ इन्जिन ल्याएर जडान गरेपछि मात्र निगमले नियमित उडान थाल्नेछ।