२०८१ पुष १२ , शुक्रवार

चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव हुँदै

Hatti-mahotsab-1024×617

सुनाखरी न्युज/ चितवन ।

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाले  अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।

आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ । १८औं संस्करणको उद्घाटन उप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिए ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सव उद्घाटन गर्ने भनिए पनि राष्ट्रपति नआउने जानकारी आएकोले सहरी विकास मन्त्री सिंहलाई कार्यक्रम उद्घाटनका लागि निम्ता गरिएको संयोजक अर्यालले बताए ।

हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने उद्देश्य राखिएको छ । अहिले ४० प्रतिशत रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । यहाँका होटलहरुले महोत्सवका अवसरमा पर्यटकहरुलाई आर्कषित गर्न होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिएको जनाएका छन् ।