सुनाखरी न्युज/ काठमाडौं।
त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने भएका छन् । शनिवार दशरथ रङ्गशालामा हुन लागेको दीक्षान्त समारोहमा स्नातकतहदेखि पीएचडीसम्मका दीक्षित हुने १४ हजार ३०८ विद्यार्थी सहभागी हुन लागेका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्रमाणपत्र वितरणका लागि विभिन्न ६३ वटा स्टल राखिनेछन् । व्यवस्थापन शंकायका विद्यार्थीहरूका लागि राष्ट्रिय खेलकुद परिसरमा रहेको ब्याडमिन्टन कोर्टमा स्टल राखिनेछ भने बाँकी शंकायका लागि आर्मी क्लब नजिकैको क्षेत्रमा राखिनेछ ।
दीक्षान्त समारोहका आवश्यक तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो वर्ष दीक्षित हुनका लागि ७३ हजार विद्यार्थीको ग्रेसलिष्ट पास गरेको थियो । तर, तीमध्ये दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा सहभागी हुन आवेदन दिएका हुन् ।दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको सूची सार्वजनिक समेत गरेको छ ।