२०८१ पुष २५ , बिहिवार

झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं।

साता कारोबारको अन्तिम दिन अधिंकाश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो ।

सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको छ ।कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो ।

अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रह्यो । मुख्यतः यस दिन ‘हाइक्याप सेक्टर’ बैंकिङ बढ्दा समग्र बजार बढेको छ । सो समूह १.८१ प्रतिशत बढ्यो । हाइक्याप सेक्टर बढेकै कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजार बढेको हो ।