सुनाखरी न्युज/ काठमाडौं।
एनपीएलमा इमर्जिङ प्लेयर अवार्ड जितेका कर्णाली याक्सका क्रिकेटर विपिन शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् ।
स्वस्तिमा कर्णाली याक्सकी प्रवर्धन दूत समेत हुन् ।आफ्नो टीमका हरेक खेलको क्रममा टीयू क्रिकेट ग्राउन्डमा उपस्थित भएर खड्काले टीमलाई हौसला प्रदान गर्दै आएकी थिइन् ।
क्रिकेटर शर्माले सामाजिक संजालबाट क्रिसमस गिफ्टको रुपमा आफूलाई स्वस्तिमाले फोन गिफ्ट दिएको जनाएका छन् । उनले आफूले पाएको गिफ्ट र स्वस्तिमाले दिएको लिखित नोट पनि शेयर गरेका छन् ।शर्माले एनपीएलमा कर्णालीका लागि १३ विकेट लिएका थिए ।