२०८१ पुष १२ , शुक्रवार

एनसेलको सेयर खरिद बिक्री रोक्न माग गरेको रिट खारेज

Capture

सुनाखरी न्युज/ काठमाडौं।

एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट यु.के.लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएलगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ ।

पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर विक्री गर्न खोजिएको भनी रिट निवेदन दर्ता भएको थियो । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर(करिव ६ अर्ब ६५ करोड रुपैयाँमा शेयर बिक्रीको घोषणा गरेको थियो ।