२०८१ पुष १९ , शुक्रवार

३३ अंकले घट्यो नेप्से,५ अर्ब ६७ करोडको कारोबार

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।नेप्से ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ।

गत कारोबार दिन अर्थात् आइतबार ५ अर्ब ४७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३०८ वटा धितोपत्रको एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो।मंगलबार २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।