२०८१ पुष २० , शनिवार

भारतमा अन्तर्राष्ट्रिय कलका लागि टेलिकमले परिमार्जन गर्‍यो महसुल र पल्सदर

Nepal-Telecome

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये Access Code १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१/०९/१५ गते राती १२:०० बजेदेखि लागु हुनेगरी Access Code १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट ३.७६ कायम गरिएको हो ।

यसका साथैAccess Code १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration)६० सेकेण्ड निर्धारण गरिएको छ ।