२०८१ पुष २० , शनिवार

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो ।कुमारी बैंकले “कुमारी परिवार सुरक्षा बचत खाता” मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।

यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।