२०८१ पुष २० , शनिवार

नेप्से सामान्य अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

share

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।नेप्से ५.१० अंकले बढेर २५८१.६० विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।गत कारोबार दिन अर्थात् मंगलबार पाँच अर्ब ६७ करोडको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ५९ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब आठ करोड रूपैयाँ कमी आएको हो।आज ३०५ वटा धितोपत्रको ९४ लाख ३४ हजार नौ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०८ रूपैयाँ ३० पैसा कायम भएको छ।