२०८१ पुष २० , शनिवार

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवात संगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर Prabhu Digital Cubeसञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टर मार्फतCash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATMतथा विभिन्न Kioskमेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको  बैंकले जनाएको छ ।यस सेवाको शुरुवात सँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।

हाल यो सेवा बंैकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकले जनाएको छ । साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।