सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँ किनबेच भइरहेको छ।