सुनाखरी न्युज/ काठमाडौं ।
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ ।
बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत Big Martमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० ५ वा अधिकत्म रु २०० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ ।
यो योजना २०८१/०९/१९ देखि २०८२/०९/१६ सम्म लागु हुनेछ ।बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।