सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार तीन अर्ब ५९ करोडको सेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ६० करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब एक करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१५ वटा धितोपत्रको एक करोड ८६ हजार ७०५ कित्ता सेयर किनबेच भएको हो।बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९५ रूपैयाँ कायम भएको छ।