२०८१ पुष २० , शनिवार

प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् ।

रवि लामिछाने र पूर्व डीआईजी जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् ।अन्य प्रतिवादीहरूलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।