२०८१ पुष २२ , सोमवार

चिसो बढ्ने क्रम जारी, आज कति छ काठमाडौंको न्यूनतम तापक्रम ?

Weather

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको न्यूनतम तापक्रम शुक्रबारको तुलनामा हल्का बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसअघि शुक्रबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो।

गत शुक्रबारयता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ। त्यसदिन ४ डिग्री सेल्सियस मापन भएको थियो।

भोलिपल्ट शनिबार ५.८ डिग्री सेल्सियस, आइतबार ६.७, सोमबार ५ , मंगलबार ५.४, बुधबार ५.७ र बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको थियो।

यद्यपि एक साताको अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको भने छैन।

आज काठमाडौंको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। दिउँसोको समयमा काठमाडौंको मौसम सफा रहने आकाश खुला हुँदा तापक्रम केही बढ्ने मौसमविद गोविन्द झाले जानकारी दिए।

बिहान लागेको हुस्सु १० बजेपछि सफा हुँदै जाने र आकाश खुला भएर घाम लाग्ने उनले बताए।

उनले भोलि रातिबाट बदली गराउने प्रणाली भित्रन सक्ने सम्भावना रहेको र सोमबारको न्यूनतम तापक्रम घट्ने सम्भावना रहेको पनि बताए।