२०८१ पुष २३ , मंगलबार

काठमाडौंमा जाडो बढ्यो, कति पुग्यो न्यूनतम तापक्रम ?

Kathmandu

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको छ। शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो।

बिहान काठमाडौंको आकाशमा तुलनात्मक रूपमा बढी बादल जम्मा भएकाले न्यूनतम तापक्रम केही वृद्धि भएको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

न्युनतम तापक्रम बढेकाले काठमाडौंमा तुलनात्मक रूपमा बिहान कम चिसो महशुस भएको छ।

काठमाडौंको अधिकतम तापक्रम शनिबार  १९.५ डिग्री सेल्सियस मापन भएको थियो। आज पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान रहेको मौसमविद महर्जनले जानकारी दिइन्।

सोमबार र मंगलबार माथिल्लो भूभागमा हिमपात र पहाडी भूभागमा वर्षाको सम्भावना भएकाले तापक्रम केही घट्न सक्ने उनले बताइन्।