२०८१ पुष २३ , मंगलबार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, चार अर्ब ८६ करोडको कारोबार

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ।गत बुधबारदेखि नेप्सेमा सामान्य अंकको वृद्धि भइरहेको छ। बुधबार ५.१०, बिहीबार ४.६३ र आइतबार ५.३२ अंकले नेप्से बढेको हो।आइतबार नेप्से २५९१.५६ विन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि केही बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब ६० करोडको सेयर कारोबार भएकोमा आइतबार चार अर्ब ८६ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ वृद्धि भएको हो।आज ३२७ वटा धितोपत्रको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर किनबेच भएको हो।