२०८१ पुष २३ , मंगलबार

‘बलिदान’ छायाङ्कनका लागि कालिमाताको ४२ फिट अग्लो मूर्ति निर्माण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्मका लागि खुलेरै लगानी गर्ने निर्माता हुन् सन्तोष सेन ।सेनले अहिले मोरङमा कालिमाताको भव्य मूर्ति तयार गरेका हुन् ।फिल्म ‘बलिदान’ को छायाङ्कनका लागि उनले उक्त मूर्ति बनाएका हुन् । उनले बनाएको मूर्ति दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो छ ।

मूर्ति मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा तयार गरिएको हो ।फिल्मको कथाअनुसार मूर्ति तयार गरेको सेनले बताए । ‘देशभर खोजी गर्दा पनि फिल्मका लागि उपयुक्त मूर्ति नभेटेपछि भारतको कलकत्ताबाट कालिगड बोलाएर मूर्ति तयार गरेको हो’, सेनले भने ।

निर्देशक सेनका अनुसार, ‘बलिदान’को छायाङ्कन पूरा भइसकेको छ । फिल्मको रिलिज मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ । ‘आसुसेन फिल्म्स प्रा.लि.’को प्रस्तुति रहेको फिल्ममा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतको अभिनय रहनेछ ।