२०८१ पुष २३ , मंगलबार

दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन् ।पूर्व अभियोजकसमेत रहनुभएका राष्ट्रपतिबबाट निलम्बित युनले सुनुवाईका लागि उपस्थित हुन अस्वीकार गर्नुभएको छ । गत हप्ता प्रहरीले पक्राउ गर्ने प्रयास गरेपनि उहाँ आफ्नै निवासमा लुकेको र सेनाले मानव पर्खाल खडा गरेर प्रहरीलाई उहाँसम्म पुग्न अवरोध गरेको थियो । सेनाको कारण उहाँलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएको थियो ।अनुसन्धानकर्ताहरूले वारेन्टको सोमबारको समयसीमा बढाउने प्रयास गरिरहेका छन् र मद्दत मागिरहेका छन् ।भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) का अनुसन्धानकर्ताहरूले आफूहरूले भोग्नुपरेको कठिनाइका कारण प्रहरीलाई जिम्मा लिन आग्रह गरेको बताएका छन्। युनको कानुनी टोलीले उहाँलाई पक्राउ गर्ने सीआईओको अधिकार नभएको भनी विरोध जनाएका छन् ।

‘वारेन्टको म्याद आज सकिँदैछ। सीआईओका उपनिर्देशक ली जे–सेउङले पत्रकारसँगको ब्रिफिङमा भन्नुभयो, “हामी आज अदालतबाट म्याद थपका लागि अनुरोध गर्ने योजनामा छौँ ।” उहाँले वारेन्टको म्याद थप गर्ने भन्ने विषयमा प्रहरीसँग परामर्श गर्ने बताउनुभयो । प्रहरीले उक्त अनुरोध स्वीकार गरेको छैन ।गत हप्ता सयौं सुरक्षा बलसँग घन्टौं लामो तनावपूर्ण गतिरोधपछि अनुसन्धानकर्ताहरूले सुरक्षाको कारण देखाउँदै फिर्ता भएका थिए।केही समयका लागि नागरिक शासन निलम्बन गरेको र दक्षिण कोरियालाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा फसाएको अभियोगमा दोषी ठहरिएमा युनलाई जेल वा मृत्युदण्डको सजाय हुनेछ।

‘प्रेसिडेन्सियल सेक्युरिटी सर्भिस’ले मध्यरातसम्म राष्ट्रपतिको सुरक्षा गर्नेछ । सोमबार मध्यरातपछि युनविरूद्धको पक्राउ आदेश निष्क्रिय हुनेछ र अर्को आदेश भएमा फेरी हामी आफ्नो जिम्मेवारीका लागि तैनाथ हुनेछौँ,” प्रेसिडेन्सियल सेक्युरिटी सर्भिसलाई सहयोग पु¥याउँदै आएका युनको समर्थनमा प्रदर्शनका आयोजकमध्येका एक किम सो योङले भन्नुभयो ।“उनीहरूले अर्को वारेन्ट जारी गरे भने हामी फेरि आउनेछौं,” उहाँले दोहोर्‍याउनुभयो ।बिहानीपखको कुहिरोमा युनको पिपुल पावर पार्टीका दर्जनौँ सांसद राष्ट्रपति निवासअगाडि उभिएका थिए ।अघिल्लो दिनदेखि युनको पक्ष र विपक्षमा दर्जनौँले रातभर पहरा दिएपछि पक्राउका लागि गएको प्रहरीको अभियान विफल भएको थियो ।

“म अहिले सीआईओभन्दा लामो समयदेखि यहाँ छु । तिनीहरूले किन त्यसो गर्न सक्दैनन् भन्ने कुराको कुनै अर्थ छैन। उनीहरूले उनलाई तत्काल पक्राउ गर्न आवश्यक छ,” युनविरोधी प्रदर्शनका आयोजक ३० वर्षीय किम अह–योङले भन्नुभयो ।प्रारम्भिक पक्राउ पूर्जी यूनले आफ्नो ‘मार्शल ल’ जारी गर्ने कदमका लागि जारी गरिएको थियो यसबारे सोधपुछको लागि उपस्थित हुन उहाँ इन्कार गर्नुभएको छ ।युनका वकिलले पक्राउ पूर्जी जारी गरिनु ‘गैरकानुनी’ भएको पटक–पटक बताउँदै आउनुभएको छ ।युनको राष्ट्रपति सुरक्षा सेवाका प्रमुखले पनि आइतबार निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न अनुसन्धानकर्तालाई अनुमति नदिने बताउनुभएको छ ।यसैबीच, कोरियाली विवादबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार बिहान सियोल आइपुग्नुभएको छ । उहाँले कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकलगायत विभिन्न सरकारी अधिकारीसँग छलफल गर्नुभएको छ ।

ब्लिन्केनले युनलाई भेट्ने कार्यक्रम नभए पनि विदेशमन्त्री चो ताइ–युलसँग संयुक्त पत्रकार सम्मेलन गर्नुभएको छ ।पत्रकार सम्मेलन सुरु हुनुभन्दा केही समयअघि उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा खसालेपछि उहाँको ध्यान आन्तरिक राजनीतिबाट हटेको देखिएको छ ।दक्षिण कोरियाको संवैधानिक अदालतले युनविरुद्धको महाभियोगबारे सुनुवाइ सुरु गर्न जनवरी १४ तारिखका लागि समय तोकेको छ। उक्त दिन युनको उपस्थिति बिना नै सुनुवाई सुरू गरिने बताइएको छ ।  रासस/एएफपी