२०८१ पुष २४ , बुधवार

भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो

india flag

सुनाखरी न्युज/ काठमाडौँ ।

भारतले सोमबार आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ । स्पेसडकिङ तब हुन्छ, जब दुई अन्तरिक्ष यान अन्तरिक्षमा जोडिन्छन् ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार मङ्गलबार बिहान हुने भनिएको परीक्षण अब बिहीबार सारिएको छ ।“स्पेस डकिङ प्रक्रियालाई आज पहिचान गरिएको असफल परिदृश्यको आधारमा ग्राउन्ड सिमुलेशनहरू मार्फत थप प्रमाणीकरण आवश्यक छ,” इसरोले जनाएको छ ।

इसरोले ३० डिसेम्बरमा ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (पिएसएलभी–सी६०), एसडीएक्स०१ (चेजर) र एसडीएक्स०२ (लक्ष्य) का साथ स्पाडेक्स मिशन प्रक्षेपण गर्यो ।  रासस/सिन्ह्वा